सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले देशको सार्वभौम साख मूल्याङ्कन अर्थात् (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । तीन वर्षदेखि रोकिएको सार्वभौम साख मूल्याङ्कनलाई सरकारले लगानी सम्मेलनको पूर्वसन्ध्यामा अघि बढाएको हो ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत नै सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । सार्वजनिक आह्वानमार्फत फिच रेटिङ एजेन्सीसँग सम्झौता गरेको भए पनि त्यस बेला कोरोना महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र सार्वभौम साख मूल्याङ्कन गर्दा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने भन्दै प्रक्रिया रोकिएको थियो । तीन वर्षअघि भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा पनि विदेशी लगानीकर्ताले सार्वभौम साख मूल्याङ्कनका लागि ढिला नगर्न सुझाव दिएका कारण सरकारले यस पटक लगानी सम्मेलन शुरु हुनै लाग्दा प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले हिजो सार्वभौम साख मूल्याङ्कन क्षमता विकास कार्यशाला आयोजना गरेको छ । देशको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सार्वभौम साख मूल्याङ्कन मुख्य आधार हो । यस्तै देशको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन पनि सार्वभौम साख मूल्याङ्कन गरिन्छ ।
वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रूपमा सार्वभौम साख मूल्याङ्कनलाई लिने गरेका छन् । सार्वभौम साख मूल्याङ्कन नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले अहिलेसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।