डढेलो र आगलागीका घटना बढ्यो : छिटपुटबाहेक तत्काल ठूलो पानी नपर्ने

 बैशाख १९, २०८१ बुधबार ७:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको छ । वैशाख लागेयता देशका एक हजार भन्दा धेरै ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । १३ सय भन्दा धेरै परिवार प्रभावित भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ ।

आगलागीजन्य घटना रोकथामको पूर्व तयारीमा कमजोरी तथा चेतनाको कमीका कारण जोखिम थप बढेको छ । अहिले भएका सीमित पूर्वाधारले मात्रै क्षति घटाउन सक्ने अवस्था नरहेको विज्ञको भनाई छ । वनमा लागेको डढेलो निभाउन पानी नै पर्नुपर्ने अवस्था छ । तर लामो समयदेखि पानी पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार डढेलो निभाउने गरी अबको तीन दिन पानी पर्ने सम्भावना छैन । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि आज र भोलि पानी पर्ने सम्भावना छैन । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो हुरीबतासको समेत सम्भावना छ ।    

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया