नार्कको वार्षिकोत्सवको अवसरमा पनौतीमा बाली उपचार शिविर

 बैशाख २४, २०८१ सोमबार ९:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद् नार्कको ३३ औँ वार्षिकोत्सवको अवसरमा काभ्रेको पनौतीमा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र किसानबीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम, खुमलटारको आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार एवम् पनौती नगरपालिकाको सह–आयोजनामा सञ्चालित कार्यक्रममा पनौती वरपरका ४० किसानको सहभागिता थियो ।

कार्यक्रममा किसानले सोधेका रोग र कीराका समस्याको समाधानका उपायहरूबारे नार्कका बैज्ञानिकहरूले जानकारी दिएका थिए । बैज्ञानिकहरूले शिविरमै नमूनाको जाँच गरी आवश्यक सल्लाह दिएका नार्कले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया