सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको बताउनुभएको छ ।
पार्टी संसदीय कार्यालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै प्रमुख सचेतक लेखकले सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता देखिएको र उहाँ गृहमन्त्रीसमेत रहेकाले संसदीय छानबिन समितिको माग गरेको बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गर्नेगरी समिति गठन हुनुपर्ने बताउनुभयो ।
कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै नभएर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन, देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसैले सहकारी ठगी प्रकरणमा उहाँकाे संलग्नता देखिएकाले कांग्रेसले संसदीय छानबिन समितिकाे माग गरेकाे हाे ।’
यसैबीच कांग्रेस सचेतक रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।