शेयर बजार सामान्य बढ्याे, काराेबार रकममा सुधार

 वैशाख २७, २०८१ बिहीबार १८:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६३ अङ्कले बढेर एक हजार नौ सय ६६ दशमलव २३ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज होटल समूहको शेयर तीन सय ४२ अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

आज ओरेन्टल होटेल्सको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर झन्डै आठ प्रतिबतले घटेको छ ।

आज कारोबार रकममा पनि सुधार भएको छ । हिजाे दुई अर्ब ५४ कराेड रुपैयाँ काराेबार भएकाेमा आज तीन सय १३ वटा कम्पनीका ७० लाख ५८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया