रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु

 वैशाख ३०, २०८१ आइतबार ७:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्‍याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते बिहीवार मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथ मच्छिन्द्रनाथका बाबु हुन् । यो रथ अलि होचो हुन्छ ।

मच्छिन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । रातो मच्छिन्द्रनाथको जात्राभर झन्डै १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया