शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न कपुरकाेट गाउँपालिकाकाे निर्देशन

 वैशाख ३०, २०८१ आइतबार १२:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।

गाउँपालिकाकाे शिक्षा समितिको बैठकको निर्णयअनुसार शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो ।

यसअघि शिक्षा मन्त्रालयले पनि शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया