विदेश पढ्न जाँदा ९ महिनामा झन्डै १ खर्ब रुपैयाँ बाहिरियाे

 वैशाख ३०, २०८१ आइतबार १५:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाताअन्तर्गत १० महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

विदेशीले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै डेढ खर्ब रुपैयाँ पुगेको छ । १० महिनामा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ४२ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तै चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।

२०८० साल असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गएकाे चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया