सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

 वैशाख ३०, २०८१ आइतबार १६:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोड रुपैयाँभन्दा धेरै अनियमितता गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

पौडेल, श्रेष्ठसहित वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन बमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीलाई विना प्रतिस्पर्धा दिइएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ४० करोड ७५ लाख ५७ हजार सात सय ४० रुपैयाँ बराबरको बिगो माग गरेको छ ।

विकल पौडेलविरुद्ध यो तेस्रो मुद्दा दायर भएको हो । यसअघि अख्तियारले विकलविरुद्ध अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालको सार्वजनिक पदमा बसेको र अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । यी मुद्दा विचाराधीन छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया