सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकाे बैठकमा उपकुलपति बरालले शैक्षिक पात्रो सुधारअनुसार काम गरिरहेको र तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले हरेक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही सङ्कलन तथा जाँच गर्ने संरचना बनाउने तयारी भइरहेको पनि बताउनुभयो ।
उपकुलपति बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि सूचना प्रविधिको प्रयोग गर्ने योजना पनि सुनाउनुभयो । उहाँले बजारको मागअनुसार विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।