निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

 जेठ ३, २०८१ बिहीबार ७:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीका लागि कम्पनीको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाका साथै वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्ने र चेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निओ मनि ट्रान्सफर, पैसा परिवारलाई योगदान देशलाई भन्ने नाराका साथ कम्पनीको ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्‍याउने लक्ष्य रहेको जनाएको छ । ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम भएको कम्पनीको भनाइ छ ।

रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने लक्ष्यलाई प्रवर्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गरेको निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले जानकारी दिनु भयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया