आज सीता जयन्ती

 जेठ ३, २०८१ बिहीबार ९:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

आज वैशाख शुक्ल नवमी, भगवती सीता उत्पत्ति भएको दिन । सीता जयन्तीको रुपमा मनाइँदैछ ।  सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ ।  जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका रुपमा पालेर सीता नाम दिएको बताइन्छ ।

सीतालाई जानकी पनि भन्ने गरिन्छ । जानकीको अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भयो ।  पितृआज्ञा पालना गर्न राम बनवास जाँदा र रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायत पुराणमा उल्लेख छ ।

रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ । भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ । सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ । सीतालाई नेपालकी राष्ट्रिय विभूति पनि मानिन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीका अवसरमा शुभकामना दिँदै सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गरी प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अघि बढ्नुपर्ने बताउनुभएको छ । जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको उहाँको भनाई छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया