सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे

 जेठ ३, २०८१ बिहीबार १२:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक भिडियोमार्फत सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । उनले आउँदो जुन ६ मा कुवेतसँगको खेलमा भारतबाट आफ्नो अन्तिम खेल खेल्नेछन् ।

४० वर्षीय सुनीलले सन् २००५ जुन १२ मा पाकिस्तानसँगको खेलमा भारतका लागि डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए । सुनील क्षेत्रीले एक सय ५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्नेमा पोर्चुगलका रोनाल्डो छन्, उनले दुई सय पाँच खेलमा एक सय २८ गोल गरेका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका अर्जेन्टिनाका लियोनल मेसीले एक सय ८० खेलमा एक सय छ गोल गरेका छन् । सुनील क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् । सन्न्यासको घोषणा गर्दै उनले पहिलो पटक देशका लागि खेल्दै गरेको क्षणलाई अहिले पनि बिर्सन नसक्ने प्रतिक्रिया दिएका छन् । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया