अन्नपूर्ण क्षेत्रमा १० महिनामा एक लाख ७५ हजारभन्दा धेरै विदेशी पर्यटक भित्रिए

 जेठ ३, २०८१ बिहीबार १३:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ जना विदेशी पर्यटक भित्रिएका छन् । गएको चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ जना पर्यटकले यो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

यो अवधिमा दक्षिण एसियाली देशका ७९ हजार दुई सय ३२ र अन्य देशका ९७ हजार नौ सय ५० पर्यटकले यो क्षेत्र घुमेका आयोजना प्रमुख डा‍. रविन कडरियाले जानकारी दिनुभयो । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ ।

मुक्तिनाथलगायत गन्तव्यमा जाने धेरैजसाे भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरे पनि अन्य देशका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उहाँले बताउनुभयो । प्रमुख डा. कडरियाले यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किन थालेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया