सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ११ औँ वर्ष पुरा भएको छ । महाअभियानले १२ औँ वर्ष प्रवेश गरेको अवसरमा आज तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा सबै पेशा, व्यवसाय र क्षेत्रका प्रतिनिधिसहित कार्यक्रम भइरहेको छ ।
२०७० साल जेठ ५ गते काठमाण्डौ सभ्यताको स्रोत बाग्मतीलाई नुहाउन योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५० औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धुनुभएको थियो ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले गर्नुभएको हो । तत्कालीन सयमदेखि हरेक हप्ता शनिवार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा साढे बजेदेखि साढे ९ बजेसम्म बाग्मती नदीका विभिन्न ठाउँका किनारमा सफाइ हुँदै आएको छ ।
महाअभियान आजदेखि पाँच सय ७५ औँ हप्तामा प्रवेश गरेको छ । बाग्मतीबाट अहिलेसम्म २० हजार मेट्रिक टनभन्दा धेरै फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा धेरैले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवम् सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । तर अझै पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो छ ।
महाअभियानका अभियानकर्मी डा. माला खरेल फोहर व्यवस्थापनमा पालिकाको थप भूमिका र सरकारको साथ आवश्यक रहेको बताउनुहुन्छ । महाअभियानबाट प्रभावित भएर काठमाण्डौ उपत्यकामा बाग्मतीका सहायक नदी, बाग्मतीकै पनि विभिन्न ठाउँमा सफाइ अभियान चलिरहेको छ ।
गुह्येश्वरीमाथिको बाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ ठाउँमा सफाइ हुँदै आएको छ ।
काठमाण्डौ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । उपत्यका बाहिर एक सय ९ भन्दा धेरै ठाउँमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।