सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज १० वटा खेल हुँदैछन् । आज उपाधिको छिनोफानो नै हुँदैछ । आज राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटी लगातार चौथोपटक उपाधि नजिक छ ।
अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ । आजको अन्तिम खेलमा सिटीले वेस्ट ह्यामलाई हराउन सकेमा उपाधि जित्नेछ । तर सिटी वेस्ट ह्यामसँग पराजित भएमा आर्सनलले उपाधि जित्नेछ । त्यसका लागि आर्सनलले एभर्टनलाई हराउनुपर्ने हुन्छ ।
सिटीले बराबरी खेल्ने र आर्सनलले एभर्टनलाई हराएको अवस्थामा दुवै टिमको ८९ अङ्क हुनेछ । यस्तो अवस्थामा गोल अन्तरको आधारमा आर्सनलले उपाधि जित्नेछ ।
आजका अरू खेलमा लिभरपुल र उल्भ्स, सेफिल्ड युनाइटेड र टोटनहम, लुटन टाउन र फूलहम, ब्राइटन र म्यानचेस्टर युनाइटेड, ब्रेन्टफोर्ड र न्यूक्यासल, क्रिस्टल प्यालेस र एस्टनभिल्ला, बर्नली र नटिङघम फरेस्ट तथा चेल्सी र बर्नमाउथ खेल्दैछन् । आजका सबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछन् । यी खेलसँगै लिगको यो सिजन पनि टुङ्गिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।