सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ ।
हैदराबाद १३ खेलमा १५ अङ्गसहित तालिकाको तेस्रो र यसअघि नै प्लेअफ होडबाट बाहिरिएको पञ्जाब १० अङ्गसहित नवौं स्थानमा छ । आजको खेलमा हैदराबाद विजयी भएमा उसको १७ अङ्क हुनेछ ।
यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच गुवाहटीमा खेल हुनेछ । कोलकाता १३ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । राजस्थान १६ अङ्कसहित दोस्रो स्थानमा छ । आईपीएलको पहिलो क्वालिफायरमा पर्सि कोलकाता र अङ्कतालिकाको दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्न खेल्नेछन् ।
बुधवार हुने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र तेस्रो स्थानमा रहने टोली खेल्नेछन् । यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न खेल्नेछ । क्वालिफायरको दोस्रो खेल शुक्रवार र फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।