हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

 जेठ ९, २०८१ बुधबार ६:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले अविजित सर्वाधिक ५८ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा समेटिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले  सर्वाधिक ५५ रन बनाएका थिए ।

आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरुबीच एलिमिनेटरको खेल हुँदैछ । एलिमिनेटर खेलको विजेतासँग फाइनलमा पुग्न हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्यालिफायर पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया