ललितपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 जेठ १९, २०८१ शनिबार १४:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालकको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ज्यान गुमाउनेमा स्कुटर चालक काठमाण्डौको साँखु घर भई डल्लु बस्ने २१ वर्षका आयुष श्रेष्ठ र मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षका लकेश राई रहेका छन् । दुर्घटनामा घाइते भएका श्रेष्ठको किष्ट अस्पतालमा र राीको बिएण्डबी हस्पिटलमा उपचारका क्रममा बिहान ज्यान गएको हो ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया