१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – मधेशमा भएको पानी अभाव पूर्तीको मागसहित हिँडेरै काठमाण्डौ आएका मधेशका बासिन्दाले आज बानेश्वरमा प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ जाँदै गर्दा आफूहरुलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले `आँखा खोल सरकार´, `चुरे बेच्न पाइँदैन´, `चुरे ऐन लागू गर´, `पानी दे सरकार´ लगायतका नारा लगाएका छन् । २५ दिन पैदल हिँडेर काठमाण्डौ आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।