एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेस्टुरेन्ट, क्लबजस्ता व्यावसायिक ठाउँमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी वन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले सुझाव दिएको छ ।
शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै सिफारिशका विषयमा जानकारी गराएको हो ।
गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गी विज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो ।
प्रतिवेदन बुझिसकेपछि महानगरकी उपमेयर डङ्गोलले शहरमा झिलिमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको भन्दै प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो ।
अध्ययन समितिलाई सजावटका लागि रुख, बिरुवासहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, गाडी आउजाउमा यस्ता बत्तीले पार्ने असर, मानिसको आँखामा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्यक्षेत्र दिइएको थियो । अध्ययनले ७ बुँदामा सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।