महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्वीरहरू)

 फागुन १४, २०८१ बुधबार ११:४७:७ | रासस
unn.prixa.net

काठमाण्डौ – आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

आज बिहानैदेखि पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, जनकपुरधामको बाबा भूतनाथ महादेव मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्वीर : किरणराज बिष्ट / रासस

केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी । तस्वीर : रत्न श्रेष्ठ/रासस

केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी । तस्वीर : रत्न श्रेष्ठ/रासस

 

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ च्यवनधाममा रहेको शुक्लेश्वर महादेव मन्दिरमा पूजाअर्चका लागि आएका भक्तजन । तस्वीर : कृष्ण न्यौपाने /रासस

अर्घाखाँचीको सन्धिखर्क–१ चुत्रावेसीको सिद्धेश्वर शिवालयमा पूजाअर्चनाका लागि आएका भक्तजन । तस्वीर : प्रेमनारायण आचार्य / रासस

दाङको घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर धाममा पूजा अर्चनाका लागि लामबद्ध भक्तजन । तस्वीर : रञ्जिता अधिकारी/रासस

वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको शिव मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन‌हरू । तस्वीर : सुरेश आचार्य/रासस

 जनकपुरधाममा रहेको बाबा भूतनाथ महादेव मन्दिर (स्वर्गद्वारी) मा पूजाअर्चनामा गर्न आएका भक्तजन । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस

वीरगञ्जको अलखिया मठमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन । तस्वीर : हिमाल लम्साल /रासस

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया