सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
भक्तपुर – महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेकाे केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् ।
महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उहाँले सहजताका लागि स्वयंसेवक परिचालन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवम् धोती दिएर बिदाइ गर्ने व्यवस्था गरिएको समितिका महासचिव बस्नेतले बताउनुभयो ।
मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमा पूजा एवम् दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानसहित त्यहीअनुसार व्यवस्था गरिएका उहाँको भनाइ छ ।
लाइन बसेको आधा घण्टामा पूजाको व्यवस्थापनलाई प्रभावकारी बनाइएको सूर्यविनायक–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार शिवरात्रिका लागि यस वर्ष झन्डै तीन सय साधुसन्त र बाबा आएका छन् ।
यसैगरी महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ । मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
त्यस्तै सूर्यविनायक–१ सिरुटारमा रहेकाे गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नम्बर ५ मा रहेकाे अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नम्बर १० चित्तपोल साँगामा रहेकाे अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलको लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।