अर्को चरणको युद्धविराम वार्ताका लागि हमासले इजरायलसामु शर्त राख्यो

 फागुन १३, २०८१ मंगलबार १२:४८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसामु शर्त राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्न जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको हो ।

प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले बताएका बीबीसीले उल्लेख गरेको छ । उनले मध्यस्थकर्ताहरूलाई विशेषगरी अमेरिकालाई इजरायलमाथि दबाव दिन आह्वान गरेका छन् ।

सम्झौताको पहिलो चरण र ६ हप्ताको अस्थायी युद्धविराम आउँदाे शनिवार समाप्त हुँदैछ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने विषयमा अझै वार्ता शुरू भएको छैन । इजरायले हमासले इजरायली बन्दी रिहा गर्दा सम्झौता अनुसार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी कैदी रिहा गरेको छैन ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया