फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पर्न सक्नेबारेमा सूक्ष्म अध्ययन गरिरहेको बताएको छ ।
सेना दिवसको पूर्वसन्ध्यामा जङ्गीअड्डामा आज आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले बदलिँदो परिस्थितिबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको हो । विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उहाँले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भएकाले अध्ययन गरिरहेको सेनाले जनाएको छ ।
सेनाले बितेको ७ महिनामा देशका विभिन्न ठाउँमा गरी ५६ वटा बम डिस्पोज गरेको पनि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सेनाले आफूले जिम्मेवारी पाएकामध्ये अहिलेसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । १ हजार ४ सय किलोमिटरभन्दा धेरै सडकको ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।
पत्रकार सम्मेलनमा काठमाण्डाै–तराई–मधेश द्रुतमार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गएको असोज १२ र १३ गतेको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । उहाँले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।