‘नीतिगत समस्या र राजनीतिक स्वार्थका कारण नेपालले जलवायु परिवर्तनको असर कम गर्न सकेन’

 फागुन ११, २०८१ आइतबार १८:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारण नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्य अनुसार काम गर्न नसकेको बताएको छ ।

जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नीतिगत समस्याका कारण लक्ष्य अनुसार काम नभएको बताउनुभएको हो । उहाँले जलवायु कार्य गर्न भएका समस्या र समाधानसहित प्रतिवेदन सार्वजनिक गरेको दाबी गर्नुभयो ।

हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएका कारण व्यवस्थापीकय क्षमता कमजोर हुँदै गएको अध्यक्ष शर्माकाे भनाइ छ । सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने उहाँले बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दाताहरूको सहयोगमा जलवायु परिवर्तनको असर कम गर्नका लागि सञ्चालित आयोजनाहरूको विश्लेषण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया