दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ आज हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ यही फागुन ८ गते र गएको कात्तिक १५ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसूल घटाएसँगै मङ्सिर १० गते एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो ।
सरकारले गएको मङ्सिर ९ गते सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो भने चाँदीको पनि भन्सार महसूल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो । सुनको भन्सार दर घटेसँगै सुनको भाउमा पनि उचारचढाव भइरहेको छ ।
यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।