डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – भोलि महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ।
महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० वटा उपसमिति गठन भएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो ।
भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले गएको वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेको हो ।
कोषका अनुसार पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहनेछ । भोलि बिहान २ बजेर ३० मिनेटदेखि पर्सि बिहान ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहने पनि कोषले जनाएको छ । यस समयावधिमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष दर्शन गर्ने कोषको अनुमान छ ।
पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने ठाउँको सहज पहुँचको व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ ।
यस्तै सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो ।
महाशिवरात्रिमा छिमेकी देश भारतलगायत तेस्रो देशबाट समेत हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।