मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा हिजो काठमाण्डौमा निधन भएको हो ।
उहाँका नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश,अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन् ।
उहाँको जन्म तेह्रथुमको खाम्लालुङमा भएको थियो । गौतम ग्रामरका नामले चिनिने चुडामणि गौतमको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । यसलाई नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।