श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
फागुन १३, २०८१ मंगलबार
भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि शुरू भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका कारण रोकिएको वार्ता फेरि शुरू गरेको जानकारी दिनुभएको हो ।
स्वतन्त्र व्यापार सम्झौताका लागि बेलायत र भारतबीच सन् २०२२ देखि कैयौँ चरणको वार्ता भए पनि सम्झौता हुन सकेको छैन ।
भारतीय सञ्चार माध्यमका अनुसार लेबर पार्टी सत्तामा आएपछि भने बेलायत र भारतबीच एफटीए वार्ता भएको यो पहिलो पटक हो । अब भने वार्ताको सम्झौतामा पुग्नु प्राथमिकता भएको भारतीय वाणिज्यमन्त्री गोयलले बताउनुभएको खबरमा उल्लेख छ ।
यसअघि गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी –२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच भएको भेटका क्रममा एफटीएमा वार्ता पुनः शुरू गर्ने सहमति भएको थियो ।
एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूरै हटाउने वा केही घटाउने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।