सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – घरेलु मैदानमा भइरहेकाे अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगितामा नेपाल र म्यानमारबीचकाे फाइनल खेल शुरू भएकाे छ । फाइनल खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरू भएकाे हाे ।
याे खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेकाे छ । नियमित कप्तान तथा गाेलकिपर एञ्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् । गाेलकिपर अञ्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् ।
नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ वटा खेल खेलेकाे छ जसमा म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ ।
चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताकाे लिग चरणमा नेपाल र म्यानमारले २२ गाेलकाे बराबरी खेलेका थिए । प्रतियाेगितामा नेपाल र म्यानमारसहित लेबनान, किर्गिस्तान सहभागी थिए ।
नेपाली महिला टाेलीले आज १३औं अन्तर्राष्ट्रिय फाइनल खेलिरहेकाे छ । यसअघिका १२औं फाइनलमा नेपाल एक पटक पनि विजेता बन्न सकेकाे छैन । नेपालले यसअघि साफ च्याम्पियनशिपमा ६ पटक, दक्षिण एशियाली खेलकुद (साग) मा ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप र वाफ च्याम्पियनशिपमा १–१ पटक फाइनल खेलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।