आज पनि मध्य र पश्चिम तराईका सबैजसो ठाउँमा चर्को गर्मी

 जेठ ३०, २०८१ बुधबार १८:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

वीरगञ्जकाे घण्टाघरमा यात्रुको पर्खाइमा रिक्सा चालक । तस्बिर : हिमाल लम्साल/रासस

काठमाण्डाै – आज पनि मध्य र पश्चिम तराईका सबैजसो ठाउँमा चर्को गर्मी भएको छ । पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि पुगेको छ ।

आज बाँकेको भगवानपुरमा ४३ दशमलव ५ डिग्री सेल्सियस र नेपालगञ्ज विमानस्थलमा ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित मध्यपहाडी भू–भागमा पनि अत्यधिक गर्मी रहेको छ । मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि नेपालका धेरै भू–भागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

अबका तीन दिन गर्मी नै रहने भन्दै उहाँले अझै चार/पाँच दिनसम्म मनसुन पश्चिमसम्म फैलिने सम्भावना नरहेको बताउनुभयो । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भू–भागमा पश्चिमी वायु नै बलियो छ ।

पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद् अधिकारीले बताउनुभयो । भारतीय अधिकारीले भारतमा अभिलेख राख्न थालिएयताकै सबैभन्दा लामो 'हिट वेभ' (ताताे हावाकाे लहर) फैलिएको बताएका छन् ।

डाक्टरले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउने र स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया