सिमलतालमा बस दुर्घटना : त्रिशूलीमा खसेका बस र यात्रुको खोजी आज पनि चल्दै

 साउन ८, २०८१ मंगलबार १२:११:२३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिराेसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२ औँ दिन पनि खोजी भइरहेको छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त खोजतलास गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार यो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै फेरि त्यही ठाउँमा खोजतलास थालिएको बताउनुभयो । यसअघि भेटिएका भनेका २५ वटा शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यस घटनाभन्दा बाहिरको रहेको खुलेको छ ।

प्रजिअ यादवकाअनुसार पाल्पाको नदीमा हाम फालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये ६ जनाको सनाखत हुनसकेको छैन । अस्ति आइतवारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया