जाजरकोटको छेडागाडमा घर भत्किँदा एकै घरका आठ जना घाइते

 साउन ११, २०८१ शुक्रबार १२:११:५६ | रासस
unn.prixa.net

सुर्खेत – जाजरकोटको  छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् ।

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

ढुङ्गामाटोले बनेको एकतले घर आज बिहान भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते हुनुभएको छ ।

त्यस्तै पदम, सरिता र दिनेशसहित गम्भीर घाइते हुनुभएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने सङ्गीता र नवराज सामान्य घाइते हुनुभएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया