लिबियामा ११ हजार जनाको ज्यान जाने गरी बाँध भत्किएको विषयमा १२ जनालाई जेल सजायको फैसला

 साउन १४, २०८१ सोमबार १५:२८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लिबियाको एक अदालतले गएको वर्ष डर्ना बाँध भत्किएको मुद्दामा १२ जनालाई जेल सजायको फैसला गरेको छ । गलत डिजाइन गर्ने, कमजोर निर्माण सामग्रीको प्रयोग गर्ने र कमजोर व्यवस्थापनकै कारण क्षति भएको भन्दै अदालतले सरकारी अधिकारी र निर्माण कम्पनीका गरी १२ जनालाई जेल सजायको फैसला गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरूलाई न्यूनतम ९ देखि अधिकतम २७ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

गएको वर्षको सेप्टेम्बरमा आएको ड्यानियल आँधीका कारण डर्ना बाँध भत्किँदा ११ हजार तीन सय जनाको ज्यान गएको छ । १० हजार जनाभन्दा धेरै बेपत्ता भएका छन् । यो बाँध फुट्दा सुडान र इजिप्टमा पनि सयौँ जनाको ज्यान गएको थियो ।

विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घले गएको जनवरीमा जारी गरेको एक प्रतिवेदनले डर्ना बाँधबाट भएको क्षति पुनर्निर्माण गर्न झन्डै २ अर्ब डलर आवश्यक रहेको बताएको थियो । रिपोर्टले बाँध भत्किनुमा डिजाइन प्रमुख कारण रहेको र लिबियामा भइरहेको द्वन्द्वका कारण उपयुक्त मर्मत पनि हुन नसक्दा घटना भएको पनि जनाएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया