सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य गएराति रोकिएको छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले राति उद्धारको काम रोकिएको हो ।
अहिले बिहान ७ बजेदेखि फेरि काम शुरु गर्ने पहिरो प्रभावित क्षेत्र वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ ।
वायनाडमा हिजो बिहान पहिरो खस्दा अहिलेसम्म सय जनाको ज्यान गएको छ भने सय जनाभन्दा धेरै घाइते भएका छन् । धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।
केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।