पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

 साउन १६, २०८१ बुधबार १४:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह 'पी' को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भए । प्रिन्स विश्व वरीयताको एक सय ७२ औँ र इजरायलका जिलबरमन ५८ औँ स्थानमा छन् ।

यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।

पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सात जना खेलाडी सहभागी भएकामा ६ जनाको खेल सकिइसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि उनीसहित ६ जना खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया