सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा आइपुगेकी हुन् । यो सूचीमा रुबिना क्षेत्री एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् । महिला टी–२० वरीयताको ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा यथावत् छिन् ।
यसैगरी महिला टी–२० वरीयताको अलराउन्डरतर्फ पनि सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । उनी पाँच स्थान सुधार गर्दै ५३ औँ स्थानमा आइपुगेकी छिन् । यस्तै नेपालकी कप्तान इन्दु बर्मा एक स्थान सुधार गर्दै ६६ औँ स्थानमा आइपुगेकी छिन् । साथै रुबिना क्षेत्री एक स्थान तल झर्दै ४९ औँ स्थानमा पुगेकी छिन् । यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष स्थानमा यथावत् छिन् ।
महिला टी–२० वरीयताको बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष सयभित्र अटाएका छैनन् । यो सूचीको शीर्ष स्थानमा इङ्गल्यान्डकी सोफी एक्लेस्टोन शीर्ष स्थानमा यथावत् छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।