नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले त्रिशूली नदीमा हराएका दुई वटा बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी गरेको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार खोजीका लागि औपचारिक रूपमा चीन सरकारसँग आग्रह गर्ने तयारी भइरहेको छ ।
यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतसँग सहयोग मागेर टोली परिचालन गरिएको थियो । तर बस र ३८ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । भारतीय प्राविधिक टोली फर्किसकेको छ ।
गृह मन्त्रालयका सहसचिव एवम् विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्म भुसालले नेपालमा रहेको चिनियाँ दूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र औपचारिक रूपमा पत्र नै पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको सिमतालमा गएको असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा रहेका ६५ यात्रुमध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए । अहिलेसम्म २४ वटा शव फेला परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।