कोदोबारेको समाचार लेखन पुरस्कारबाट उज्यालोकर्मी मदन पौड्याल पुरस्कृत

 साउन १६, २०८१ बुधबार १५:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोदोबारेको समाचार लेखन पुरस्कार–२०८१ बाट उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा कार्यरत मदन पौड्यालसहित ६ जना पत्रकार पुरस्कृत भएका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घ र एग्रिकल्चर जर्नालिस्ट एसोसिएसन (अनाज) नेपालको संयुक्त आयोजनामा हिजो साउन १५ गते कोदो दिवसका अवसरमा ललितपुरको खोकनामा भएको चौथो कोदो दिवसको अवसरमा पुरस्कार घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट पुरस्कारबाट हिमालय टाइम्सका लेखनाथ पोखरेल, उत्कृष्ट समाचार पुरस्कारबाट उज्यालोका पौड्यालसहित अन्नपूर्ण पोस्टकी ममता थापा पुरस्कृत हुनुभएको छ । त्यस्तै प्रोत्साहन पुरस्कारबाट अभियान दैनिकका प्रशान्त खड्का, रातोपाटी अनलाइनका सरिता थारु र रवि थापा पुरस्कृत भएकाे छ ।

अनाजले कोदो बहसको शृङ्खलाका रूपमा कार्यक्रम गरेर पुरस्कार वितरण गर्ने जनाएको छ ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया