अफगानिस्तान र दक्षिण अफ्रिकाबीच ऐतिहासिक द्विपक्षीय शृङ्खलाको घोषणा

 साउन १६, २०८१ बुधबार १८:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – दक्षिण अफ्रिकाले आउँदो सेप्टेम्बरमा यूएईमा अफगानिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । दुवै देशका बोर्डले आज एक संयुक्त विज्ञप्तिमार्फत अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ऐतिहासिक द्विपक्षीय शृङ्खलाको पुष्टि गरेका हुन् ।

आईसीसी प्रतियोगितामा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल भए पनि द्विपक्षीय शृङ्खला पहिलो पटक हुन लागेको हो । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेलको आयोजना अफगानिस्तान क्रिकेट बोर्डले गर्नेछ । यो शृङ्खलालाई आउँदो वर्ष हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारीको रूपमा लिइएको छ ।

दक्षिण अफ्रिकाले अफगानिस्तानसँग एकदिवसीय क्रिकेटमा जम्मा दुई पटक सन् २०१९ र २०२३ को विश्वकपमा खेलेको छ । यस्तै दक्षिण अफ्रिका र अफगानिस्तानबीच टी–२० क्रिकेटमा सन् २०१०, २०१६ र २०२४ मा गरी तीन पटक भेट भएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया