सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत दमौलीमा बन्ने चार सय केभी क्षमताको सबस्टेशनको ठेक्का सम्झौता भएको छ । एमसीए–नेपालले तनहुँको दमौलीमा चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग तीन करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको जनाएको छ ।
यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि नुवाकोटको रातमाटे सबस्टेशनमा जस्तै एक हजार मेगा भोल्ट एम्पिएर एमभीए क्षमताको नेपालकै ठूलो सबस्टेशनमध्ये एउटा बन्नेछ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।
आज काठमाण्डौमा भएको ठेक्का सम्झौता कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले यी तीन वटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै अमेरिकी राजदूत डिन थम्प्सनले समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न यो आयोजना महत्त्वपूर्ण हुने बताउनुभयो । यस्तै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेशन सँगै काठमाण्डाैकाे लप्सीफेदीबाट नवलपरासीको नेपाल–भारत सीमासम्म तीन सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको छ । बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै वर्ष ठेक्का आह्वानको तयारी छ । एमसीसी अन्तर्गत नै पूर्व–पश्चिम राजमार्गकको दाङको धानखोलाबाट बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नति पनि हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।