नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

 साउन १६, २०८१ बुधबार १८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ कोटेश्वरका ३९ वर्षीय रन्जन खड्का छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बेङ्गलाेरबाट उनलाई पक्राउ गरी ल्याएको हो । हत्यापछि १७ वर्षसम्म उनी फरार रहेका थिए ।

पक्राउ परेका खड्काले विष्टलाई शुरूमा गालामा थप्पड हानेको र अन्य व्यक्तिले रडले प्रहार गरेर हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । यसअघि हत्यामा संलग्न भएको आरोपमा धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भई ललितपुरकाे ढोलाहिटी बस्ने ४१ वर्षकी सोभिता थापा पक्राउ परेकी थिइन् । उनी तीन लाख रुपैयाँ धरौटीमा छुटिसकेकी छन् ।

इमाडोल घर भई नेपाल कमर्स क्याम्पसमा पढाउँदै आएका विष्ट २०६४ सालमा बेहोस अवस्थामा भेटिनुभएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको थियो । घटनाको १७ वर्षपछि पक्राउ परेका खड्कालाई अब थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया