सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – डेंगीको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगीबाट ज्यान जाने अवस्थालाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति सार्वजनिक गरेको हो । यो रणनीति विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको बिधि रहेको मन्त्रालयले जनाएको छ ।
यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरूसहितको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।
पालिका मार्फत खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि झण्डै दुई करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै डेंगी परीक्षणका लागि किट र स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष अहिलेसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेकका ७३ जिल्लामा दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।