तनहुँमा चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित

 साउन १९, २०८१ शनिबार १२:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – झण्डै डेढवर्षसम्म गाउँमा चितुवाले मान्छेलाई आक्रमण नगरेपछि केही राहात महशुस गरेका तनहुँको बन्दिपुरवासी पुनः त्रसित भएका छन् ।

यही साउन ३ गते बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको ज्यान गएपछि गाउँमा पुनः त्रास फैलिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । डेढ वर्षदेखि गाउँमा चितुवा नदेखिएकोमा फेरि अहिले  देखिएको उहाँले बताउनु भयाे।

गाउँपालिकाले बेलुका र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराएको छ । यही साउन ३ गते १३ वर्षीय सुन्दर अछामीको ज्यान गएसँगै तनहुँमा चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षमा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ ।

डिभिजन वन कार्यालय तनहुँकाअनुसार चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते पछि १४ जनाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका  बालबालिकाको ज्यान गएको हो ।

चितुवासँग जोगिन बेलुका तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, झाडी सफा गर्न तथा बालबालिका र वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया