शान्तिमायाको ७६ वर्षमा नागिरकता बनेपछि सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुल्यो

 साउन १९, २०८१ शनिबार १२:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ की शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।

सनाखत बसिदिने आफन्त कोही नहुँदा उहाँले नागरिकताको प्रमाणपत्र पाउन सक्नुभएको थिएन । नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो ।

यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भएपनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले नमानेका वडाध्यक्ष नेवारले बताउनुभयो । यस पटक प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बृद्धा महिलाको बारेमा सबै कुरा सुनेपछि व्यहोरा खुलाएर वडाअध्यक्षलाई सनाखत गराई नागरिकता उपलब्ध गराउनुभएको हो । अब बृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने वडाअध्यक्ष नेवारले बताउनुभयो ।    

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया