नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
भदौ २७, २०८१ बिहिबार
काठमाण्डौ – निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
त्यस्तै म्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ४ घुमाउनेभीर अन्तर्गत बेनी दरबाङ, रघुगङ्गा गाउँपालिका वडा नम्बर २ उपल्लो बैशरी अन्तर्गत बेनी जोमसोम र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १० डब्ल्याड अन्तर्गत कालीगण्डकी सडक खण्ड पनि पहिरोले पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको कीर्तिपुरमा पहिरो जाँदा हेटौँडा–चोभार सडक खण्ड अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक पनि अवरुद्ध छ । बाढी पहिरो र अरू विभिन्न कारण ३ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध छन् भने १ सय ९४ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
मनसुनको बेला अन्य ठाउँमा पनि राजमार्ग अवरुद्ध हुने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।