सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताउनुभएको थियो । हिंसक प्रदशर्नका क्रममा कैयौँ प्रहरी अधिकारी पनि घाइते भएका छन् । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि बेलायतमा हिंसक प्रदर्शन चर्किएको हो ।
प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक कैयौँ ठाउँमा आमनेसामने आएका थिए । प्रदर्शनकारीहरूले आप्रवासी मुस्लिम लक्षित आक्रमण गरिरहेका छन् । उनीहरूले मस्जिदमा पनि आक्रमण गरिरहेका छन् ।
यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले सहयोग गर्नै बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।