संसदीय सुनुवाइमा न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा गैरे निर्विरोध चयन

 साउन ३२, २०८१ शुक्रबार १२:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सङ्घीय संसद्का दुई वटा समितिका सभापति निर्विरोध चयन भएका छन् । प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे निर्विरोध चयन हुनुभएको हो ।

सभापतिका लागि एकल उम्मेदवारी परेपछि उहाँहरू दुवै जना निर्विरोध चयन हुनुभएको हो । दुवै सभापतिले हिजो नै सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथलगत्तै दुवै सभापतिले पदभार ग्रहणसमेत गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया