सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुग्याे

 भदौ १२, २०८१ बुधबार १०:५१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ ५ गते सुनको भाउ एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया